राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना सचिवहरुलाई सरुवा गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ भने शहरी विकास मन्त्रालयमा कार्यरत सचिव डा. रमेश सिंहलाई अतिरिक्त समूहमा सरुवा गर्ने निर्णय गरेको छ ।
त्यस्तै यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, रामप्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, सुरेश अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।
त्यस्तै मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा, एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा कार्यरत सचिव भरतमणि सुवेदीलाई राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगमा सरुवा गर्ने निर्णय गरेको छ ।