बलात्कार घटनामा वयान फेरे महिलालाई समेत सजाय हुने

सांकेतिक तस्बिर

काठमाडौं – जिल्ला अदालत दैलेखले बलात्कार घटनामा पीडक र पीडित दुवैलाई सजाय दिने फैसला गरेको छ । सुरुमा आफूलाई ब’लात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएको र पछि वयान फेरेको भन्दै पीडितलाई पनि सजाय सुनाएको हो ।

जिल्लाको दुल्लु नगरपालिका–८ का ६१ वर्षीय नन्दाराम भण्डारीलाई बलात्कारको आरोप लगाउदै पीडित १७ बर्षिय किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् । उनको मुद्धामा वयानका क्रममा बलात्कार आरोपी भण्डारीलाई उन्मुक्ति दिन वयान परिवर्तन गर्न लगाएको भन्दै बिहीबार दुर्व पक्षलाईं सजाय तोक्दै जिल्ला अदालत दैलेखले फैसला सुनाएको हो ।

जसमा पीडक भण्डारीलाई १० वर्ष कैदको फैसला सुनाएको छ । त्यस्तै वयान फेर्न लागाउने किशोरीकी आमालाई पनि ५ हजार जरिवाना तोकेको छ । बलात्कारको घटनाको सम्बन्धमा प्रमाणका रुपमा उजुरी गर्दाको ५ हप्ताको गर्भ रहेको र अस्पतालमा गर्भपतन गराएको प्रमाण थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्