नेप्सेका सीईओ चन्द्रसिंह साउदले राजीनामा दिने

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् । उनको कार्यकाल करिब ३ महिना मात्रै बाँकी छ । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए ।

संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनले आजै अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएर पत्रकार सम्मेलन गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्