सुनचाँदीको मूल्यमा लगातार दोश्रो दिन पनि वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनचाँदीको मूल्य लगातार दोश्रो दिन वृद्धि भएको छ । भदौ ८ गते मंगलबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको थियो ।

मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २०० रुपैयाँमा खरिद बिक्री हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार १९० रुपैयाँमा किनबेच भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्