भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डको सामान्य अग्रता

काठमाण्डौ – भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डले सामान्य अग्रता बनाएको छ । तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा हिजो तेस्रो दिनको खेल सकिँदा इङ्ग्ल्यान्डले २७ रनको अग्रता बनाएको हो ।

इङ्ग्ल्यान्ड ३ सय ९१ रनमा अलआउट भएको छ । उसका लागि जोय रुटले शतक प्रहार गरेका छन् । रुट १ सय ८० रनमा अविजित रहे । उनले टेस्ट क्रिकेटमा ९ हजार रन पूरा गरेका छन् । रुटले पहिलो टेस्टमा पनि शतक बनाएका थिए । यस्तै जोनी बेयस्र्टोले ५७ रनको अर्धशतकीय पारी खेले ।

भारतका मोहमद सिराजले ४ तथा इशान्त शर्माले ३ विकेट लिए । त्यस्तै मोहमद शामीले २ विकेट लिए । पहिले ब्याटिङ गरेको भारत पहिलो पारीमा ३ सय ६४ रनमा अलआउट भएको थियो। वर्षाले प्रभावित भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्