काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकामा ’मास्क खोइ’ र ’नो हर्न’ अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ ।
आज मङ्गलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा महाशाखाले काठमाण्डौ उपत्यकामा मास्क खोइ र नो हर्न अभियानलाई कडाइका साथ लागू गर्ने बताएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले अहिलेको कोरोना सङ्क्रमणबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य भएकाले मास्कको प्रयोग बढाउन र अनिवार्य लगाउनुपर्ने चेतना फैलाउन प्ले कार्ड तथा गाडीमा स्टीकर र ट्राफिक जवानको शरीरमा फित्ता लगाएर जागरुकता फैलाएको बताउनुभयो ।