राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

काठमाण्डौ – राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । प्रशिक्षण पोखरा रंगशालामा सुरु हुनेछ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा छन् । प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साफ च्याम्पियनशिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरण छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्