काठमाडौँ – सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रस्ताव पेश भए पनि नियुक्तिको लागि निर्णय भने हुन सकेन ।
उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् ।
मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आए पनि केही प्रक्रिया अझै पुरा गर्नुपर्ने देखिएकाले नियुक्तिको निर्णय हुन नसकेको स्रोतले बतायो । सोमबारको मन्त्रिपरिषद बैठकले केही सचिवहरूको सरुवा गरेको छ ।