अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पाटन संयुक्त क्याम्पसमा आज गरिएको तोडफोड र आगजनीमा आफ्नो संलग्नता नरहेको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै अनेरस्ववियुले विद्यार्थीको हक, हित र अधिकारको लागि गरिएको संयुक्त विद्यार्थी आन्दोलनमा सहभागी भएको तर अराजक गतिविधिमा संलग्न नरहेको बताएको हो । अनेरास्ववियुद्वारा जारी विज्ञप्तिमा लेखिएको छ :-
क्याम्पस प्रमुख लक्ष्मण कुवँरका अनुसार विभिन्न माग राख्दै तीन विद्यार्थी संगठन (अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी) ले पाटन संयुक्त क्याम्पसमा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।