खोप ल्याउने काम भइरहेको छ: प्रधानमन्त्री ओली

File photo

काठमाडौं – प्रधानमन्त्री ओलीले कोभिड खोप ल्याउने काम सरकारले गरिरहेको बताउनुभएको छ । एकै पटक धेरै खोप ल्याउँदा समयमा लगाउन नसक्दा खेर जाने हुनाले क्रमशः ल्याउने काम भएको उहाँले बताउनुभयो । छिमेकी देश भारत, चनि र युरोपेली मुलुकका देशसँग पनि खोपका लागि सकारले पहल गरेको उहाँले बताउनुभयो ।

छिमेकी मुलुक चीनबाट ८ लाख खाेप आइसकेको र थप खोपका लागि पहल भइरहेको प्रधानमन्त्री ओलीले जानकरी दिनुभयो । त्यसैगरी अर्को छिमेकी मुलुक भारतसँग पनि २० लाख खोप ल्याउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । भ्याक्सिनसहित अक्सिजन सिलिण्डर लगायतको स्वास्थ्य सामग्री पनि सरकारले ल्याइरहेको उहाँले प्रष्ट पार्नुभयो । अब अक्सिन सिलिण्डरसहित अन्य सामग्रीको कमी नहुने उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्