काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति कार्यम गर्न र सहमतिको सरकार बनाउन प्रस्ताव गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘म त अहिले पहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं । कोभिड १९ जस्ता समस्या समाधान गरौं र देशलाई विकासको बाटोमा लैजाऔं ।’ नत्र उहाँले वैकल्पिक सरकार बनाउनेलाई आफ्नो रचनात्मक सहयोग हुने समेत बताउनुभयो ।
‘दिनभरी मिलेर थए हुँदैन ? तपाईंहरु वैकल्पिक सरकार बनाउनुहोस् । मेरो रचनात्मक सहयोग हुनेछ । मेरो दल सहयोगी भावनाका साथ प्रस्तुत हुनेछ,’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘सक्नुभएन भने मलाई समर्थन गर्नुहोस् । समर्थन पनि नगर्ने, आफ्नो सरकार पनि नबनाउने ।’