बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा

तनहुँको एक दम्पतीले चितुवासँग लडेर छोरालाई बचाउन सफल भएका छन् । बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे पाङलाई बचाउन सफल भएका हुन् ।

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटका अनुसार आइतबार साँझ बारीमा काम गरेर आमाबुबासँगै आउने क्रममा बच्चालाई चितुवाले आक्रमण गरेको थियो । साथमै रहेको छोरालाई चितुवाले आक्रमण गरेपछि बाबाआमा चितुवामाथि जाइलागे पछि चितुवा भागेको थियो । चन्द्रबहादुर चेपाङले चितुवाले छोराको घाँटीमा समाते पछि दुवै जना चितु्वामाथि जाइलागेको बताए ।

चितु्वाको आक्रमणबाट बालकको घाँटीमा चोट लागेको छ भने चितुवासँग भिड्दा बाबा र आमालाई सामान्य चोट लागेको डिभिजन वन कार्यालयले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्