“युनीटी जर्नल” दोस्रो संस्करण बिमोचन, उत्कृष्ट सर्जकहरु सम्मानित

महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा नेपाली सेनाले दास्रो पटक प्रकाशन गरेको सामरिक लेखरचनाहरुको संग्रह युनीटी जर्नल दोस्रो संस्करण एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले मंगलबार बिमोचन गर्नुभएको हो ।
बौद्धिक व्यक्तित्वहरुबाट प्राप्त ४० वटा मध्ये उत्कृष्ट २९ वटा लेख रचनाहरु समावेश गरी प्रकाशन भएको उक्त जर्नलमा गौरव भट्टराई, फनिन्द्र सुब्बा र महा सेनानी आनन्द सिंह भाट (अ.प्रा.) द्वारा लिखित लेख रनाहरु क्रमश : प्रथम, द्धितिय र तृतिय हुन सफल भएको हो । उक्त लेखकका सर्जकहरुलाई प्रधानसेनापति महारथी थापाले क्रमश दुई लाख, एक लाख पचास हजार र एक लाख नगद पुरस्कार वितरण गरेको हो । साथै मोमेण्टो तथा कदरपत्र समेत प्रदान गरिएको थियो । उक्त विमोचन कार्यक्रममा अन्य २६ वटा लेख तथा रचनाका लेखकहरुलाई रक्षा सचिव रेश्मीराज पाण्डेबाट नगद पुरस्कार, मोमेण्टो तथा कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा उपरथी बालकृष्ण कार्कीले स्वगत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, डीन, प्राध्यापक, प्रिन्सिपल, कमाण्डाण्टहरु, नेपाली सेनाका भूतपूर्व प्रधानसेनापतिहरु, इतिहास तथा संस्कृति बिदहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, युनिटी जर्नलको सम्पादक मण्डल, लेख रचना उपलब्ध गराउने लेखकहरु तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
दोस्रो पटक आयोजना गरिएको खुला सामरिक लेख रचना प्रतियोगिता–२०७७ बाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्न आयामहरुमा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन बृद्धि हुदै जाने विश्वास नेपाली सेनाले लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्