बैतडीमा एक किशोरीको विभत्स हत्या गरिएको अवस्थामा शव भेटियो

काठमाडौँ – बैतडीमा एक किशोरीको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

बिहिबार दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बीभत्स हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको हो ।

बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव फालिएको अवस्थामा फेला परेको हो । शरीरभरि निलडाम र घाउ भएरको र कपडा पनि च्यातिएको अवस्थामा शव फेला परेको उनका आफन्तले जनाएका छन् । किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्