एनबिसी युकेमा नयाँ नेतृत्व, संयोजकमा ओझा, सचिवमा अधिकारी र कोषाध्यक्षमा जोशी निर्विरोध निर्वाचित

“नेपलिज ब्रिटिश कम्युनिटी  (एनबीसी )”युकेमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार भर्चुअल माध्यमबाट सम्पन्न संस्थाको दशौँ वार्षिक साधारणसभा बाट राजेन्द्र ओझाको संयोजकमा निर्वाचित नयाँ कार्यसमिति घोषणा भएको हो ।

साधारणसभाले संस्थासंग सम्बन्धि विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै नयाँ कार्यसमिति समेत चयन गरेको छ । राजेन्द्र ओझा संयोजकत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसमा रबिन्द्र अधिकारी सचिव, खेम राज जोसी कोषाध्यक्ष चयन भएका छन् । त्यसैगरी २५ जना ट्रस्टीहरु पनि निर्विरोध निर्वाचित भएका छन् ।

ट्रस्टीहरुहरुमा लेखनाथ घिमिरे, समिर नाथ प्याकुरेल, किरण अधिकारी, कुल सिक्देल, प्रभु न्यौपाने, दिपेन्द्र लामिछाने, दामोदर आचार्य, राम सुन्दर साह, संजिव घिमिरे, ऋषि खनाल, सुरज कार्की, चुरामणि रेग्मी, तेज माया रेग्मी, प्रसुन राना, मुना पौडेल, सुमन चन्द्र गुरुङ, भन बहादुर चन्द, भगवती रानाभाट, बसन्त नेपाल, हरि भण्डारी, डा. जगन कार्की रहेका छन् ।
बासु लामिछानेको अध्यक्षतामा गठन गरिएको निर्वाचन समितिले नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेको थियो । संस्थाका निवर्तमान अध्यक्ष मिलन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक सदस्य मुना पौडेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यसमितिको तर्फबाट समिरनाथ प्याकुरेलले मन्तब्य राखेको उक्त कार्यक्रममा सचिव चुरामणि रेग्मीले कार्यकाल भरि गरेका विभिन्न गतिविधिहरु सहितको प्रगतिविरण तथा कोषाध्यक्ष ऋषि खनालले आर्थिक प्रतिवेदन प्रस्त्ुत गरे ।

हालसंस्था संग संकलित र कवुल गरिएको गरी जम्माजम्मी ९ हजार ६८ पाउण्ड रकम रहेको कोषाध्यक्षले जानकारी दिए । सो अवसरमा च्यारिटी विभागका संयोजक लेखनाथ घिमिरेले संस्थाकोे विधान संशोधनसम्बन्धी प्रतिवेदन पेश गरेका थिए । त्यस्तै सदस्य समिरनाथ प्याकुरेलले वातावरण र वन्यजन्तु संरक्षणलाई पनि संस्थाको उद्धेश्यमा राख्न प्रस्ताव गरे ।

नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएर शुरु गरिएको कार्यक्रममा संस्ंथाका निवर्तमान अध्यक्ष मिलन घिमिरेले संस्था १० वर्ष पुगेको अवसरमा सहयोगीहरुप्रति आभार व्यक्त गर्दै हालसम्मको कार्यकालमा साथ दिने सबैलाई धन्यवाद दिए ।
सो अवसरमा निवर्तमान अध्यक्ष मिलन घिमिरे, पूर्व संयोजकहरु कमल पौडेल, गंगा राना, संस्थाकी सक्रिय सदस्य भगवती रानाभाट लगायतले मन्तब्य व्यक्त गरेका थिए । बेलायतमा च्यारिटीको रुपमा दर्ता भएका यस संस्थाले नेपालीहरुको हकहित र समुदायको उत्थानको निम्ती निरन्तररुपमा काम गर्दै आएको छ ।

सदस्यता वृद्धिको एजेन्डा

संयोजकमा निर्वाचित भएपछि लण्डन नेपाल न्यूजसंग कुराकानी गर्दै ओझाले संस्थालाई दिगो रुपमा बलियो बनाउने गरी सदस्यता वृद्धि गर्ने अभियानमा लाग्ने बताएका छन् । ‘कुनै पनि च्यारीटि संस्थाको बल भनेको संस्थाका सदस्य हुन’, उनले भने, ‘अब आउने तीन बर्षको कार्यकालमा संस्थाका सदस्यता वृद्धिमा नयाँ उचाई कायम गर्नेछु’ ।

उनले संस्थामा हुने हरेक गतिविधिहरु सदस्य केन्द्रीत हुने भन्दै उनले यहीका सदस्यहरुलाई बढी भन्दा बढी लाभान्वित हुने गरी काम गर्ने बताए । ‘केही प्रतिशत नेपालमा पनि लगानी गर्नेछौँ, नेपाललाई बिर्सने छैनौँ’, उनले भने, ‘विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुबाट फन्ड मागेर संस्थालाई बलियो बनाउने अभियानमा लाग्नेछु, सदस्यहरुबाट मात्रै पैसा उठाउने भन्दा पनि दिगो रुपमा फन्ड बनाउने सोच मेरो छ।’  श्रोत : लण्डन नेेपाल न्यूज

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्