सिन्धुपाल्चोक- हेलम्बु गाउँपालिकाले पर्यटन विकासमा जाेड दिएकाे छ । पर्यटकीय हिसाबले हेलम्बु काठमाडौबाट नजिककाे गन्तव्यकाे रूपमा रहेकाे छ। हेलम्बु गाउँपालिकाले पर्यटनको विकासका लागि थुप्रै प्रयासहरू गरेकाे छ । आर्थिक समृद्धिका लागि पर्यटन व्यवसायकाे आवश्यकतालाई महसुश गर्दै गाउँपालिकाले नयाँ पर्यटकीय गन्तव्यहरूकाे खाेजि सुरू गरेकाे अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयाे ।
नयाँ पर्यटन मार्ग र गन्तव्यहरूकाे खाेजि गरि गाउँपालिकाकाे अर्थतनत्रमा सुधार ल्याउने अध्यक्ष शेर्पाले बताउनु भयाे । हेलम्बु सेमिसेदाङ लाङटाङ मार्गकाे साथै हेलम्बु गन्जा इहा पास हुँदै पनि लाङटाङ पुर्याउनकाे लागि पर्यटन मार्ग निर्माण भइरहेकाे अध्यक्ष शेर्पाले बताउनुभयो ।
याे मार्ग हुँदै हेलम्बुबाट लाङटाङ ३ दिनमा पुग्न सकिन्छ । याे मार्ग हेलम्बुकाे कुसुम्टाङ मागेन हुँदै पाकेघ्याङ, ठाडेपाटे, सेमिसेदाङ हुँदै लाङटाङ जान सकिन्छ । याे मार्गबाट रसुवाकाे गाेसाईकुण्ड पनि जान सकिन्छ । देशभरिका पर्यटकीय गन्तव्य मध्ये लाङटाङ तेस्रो नम्बरमा पर्दछ । लाङटाङ जाने सम्पुर्ण पर्यटकहरूलाई हेलम्बु बाट लैजान सके हेलम्बु सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट हुने र पर्यटन क्षेत्रमा फड्को मार्ने अध्यक्ष शेर्पाले बताउनुभयाे ।
याे सँगै हेलम्बुमा थप हिमालहरू पत्तालगाई हिमाल चढ्ने कार्यलाई पनि तिव्रता दिईने अध्यक्ष शेर्पाकाे भनाइ छ । हेलम्बुमा याे भन्दा पहिला नै हेलम्बु ग्रेट ट्रेलकाे निर्माण कार्य सुरू भइसकेकाे छ । हेलम्बु ग्रेट ट्रेलकाे लम्बाई ७० किलोमिटर हुनेछ ।