प्रहरी जवान र हवल्दारका आठ गुनासा : हाकिमहरूले दुर्व्यवहार गर्नेदेखि बिदासम्म

नेपाल प्रहरीका जवान र हवल्दारहरूले बिदा नपाएकोदेखि हाकिमहरूले दुव्र्यवहार गर्नेसम्मका गुनासो गरेका छन् । प्रहरीले गरेको देशव्यापी सर्वेक्षणमा उनीहरूले मुख्यगरी आठवटा समस्या झेल्नुपरेको बताएका छन् ।

तल्लो तहका कर्मचारीले जागिर छाड्ने क्रम अत्यधिक बढेपछि उनीहरूको समस्या बुझ्न प्रहरीले नौ महिना लगाएर स्थलगत रूपमै अध्ययन गरेको थियो । बिहीबार महानिरीक्षक शैलेश थापा क्षेत्रीले ‘नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरूको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरूसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गरेका छन् ।

प्रतिवेदनमा प्रहरी जवान र हवल्दारले मुख्यगरी आठवटा समस्या बताएका छन् । जसको पहिलो नम्बरमा नियमावलीमै तोकिएको बिदासमेत नपाएको उनीहरूको गुनासो छ । बिदा नपाउँदा परिवार भेट्नसमेत नपाएको उनीहरूको दुःखेसो छ । प्रहरीले ३० दिन घर बिदा तथा १२ दिन भैपरी आउने बिदा पाउने व्यवस्था छ । तर, थोरै प्रहरीले मात्र यो बिदाको सदुपयोग गर्न पाउने गर्छन् ।

यस्ता छन् गुनासा

  •  नियमअनुसारको बिदा पाइएन
  •  ड्युटी समय धेरै भयो
  • सरुवा–बढुवा समयमा हुँदैन, पारदर्शी पनि भएन
  • हाकिमद्वारा राम्रो व्यवहार हुँदैन
  • स्केलका सामान पर्याप्त पाइँदैनन्
  • खान पुग्ने रासन भत्ता पाएको छैन
  • घरपायक सरुवा हुँदैन
  • विदेश तालिम र शान्ति मिसनमा अवसर पाइएन

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्