शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शनिबार सामान्य ज्वरो आएपछि मन्त्री पोखरेल ललितपुरको पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएका थिए । उनी अहिले पाटन अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी हाल होम आइसोलेसनमा बसेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्