आइतबार थप २ हजार ७१ जनामा कोरोना पुष्टि, उपत्यकामा १४१६ जना संक्रमित

काठमाडौँ – आइतबार थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा २ हजार ७१ जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा १ हजार ४ सय १६ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका १ हजार १ सय ४५ जना, भक्तपुरमा ११० जना र ललितपुरमा १६१ जना रहेका छन् ।
३१ हजार ३ सय १५ जनामा अझै कोरोना सक्रिय रहेको छ । आज १ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ७५ हजार ८ सय ४ जना डिस्चार्ज भइसकेका छन् । १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण गरिएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्