मन्त्रिमण्डल पुनर्गठनबारे नेकपा सचिवालय बैठकमा के भयो ?

g]skf ;lrjfno a}7s sf7df8f}F, @% r}t M ;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ePsf] ;lrjfno a}7ssf kf6L{sf cWoIf;lxtsf g]tfx? . t:jL/ M k|wfgdGqLsf] lghL ;lrjfno, /f;;

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुनै छलफल भएन । प्रधानमन्त्री निवासमा आज बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल हुने भनिएको थियो तर त्यसको विषयमा कुनै चर्चा नै नभएको बताइएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको बारेमा कुनै पनि छलफल नभएको बताए । उनले उक्त विषयमा प्रधानमन्त्री केपी शर्माओलीले कुनै पनि प्रस्ताव नराखेको जानकारी दिए । मन्त्रिपरिषद्मा खाली रहेका तीनवटा मन्त्रालयमा तीन मन्त्री पार्टीले सिफारिस गर्ने आजको कार्यसूची थियो । तर व्यक्तिको नाम टुङ्गो लागेपनि मन्त्रालयको टुङ्गो नलागेको कारण आजको बैठकमा छलफल नभएको स्रोतले जनाएको छ । अर्थ मन्त्रालयका लागि पार्टीका महासचिव विष्णु पौडेल र सुरेन्द्र पाण्डेले दावी गरिरहेका छन् । यो विषयमा अध्यक्षद्धयको बीचमा सहमति नभएका कारण छलफल नभएको बताइएको छ ।

त्यस्तै, संवैधानिक नियुक्तिको विषयमा पनि अध्यक्षद्धय ओली र प्रचण्डले आन्तरिक गृहयकार्य गरिरहेको र अर्को बैठकमा त्यो विषयमा छलफल हुने बताइएको छ । सरकारले हालै गरेका केही नियुक्तिहरुको बारेमा छलफल भएको तर कुनै निश्कर्ष ननिस्केको बताउँदे प्रवक्ता श्रेष्ठले अर्को बैठकमा पनि यो विषयमा छलफल हुने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्