काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘२३ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रिमिनल नेग्लिजेन्स हैन ?’
डा. भट्टराई थप लेख्छन्, ‘तुरुन्त वार्ता गर, समाधान खोज । डा. केसी बाँच्नुपर्छ ।’ नेपाली उखान ‘मूर्खदेखि दैव डरा’ उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ । सबै चेतौं !’
२३दिनदेखि अनसनरत डा.केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ?यो criminal negligence हैन?तुरून्त वार्ता गर!समाधान खोज!डा.केसी बाँच्नुपर्छ।मूर्खदेखि दैव डरा भनिन्छ!कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ!सबै चेतौं! pic.twitter.com/CsZX9HAUG1
— Baburam Bhattarai (@brb1954) October 6, 2020