बितेको २४ घण्टामा देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
उपत्यकामा १६८ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४ जना छन् । यस्तै पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२ र रौतहटका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४/४ जना, धनुषा र जुम्लाका ३/३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २/२ तथा सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १/१ जनामा पनि संक्रमण देखिएको छ ।
योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।