धनन्जय जोशी, कन्चनपुर
कन्चनपुर – कन्चनपुर जिल्लाको महेन्द्रनगरमा अवस्थित ख्यातिप्राप्त लिटिल बुद्ध बोर्डिङ स्कुलले आफ्नो शिक्षक र शिक्षिका कर्मचारीहरुलाई वैशाख महिनाको तलब कटौती नगरिकनै उपलब्ध गराएको छ साथै लकडाउन अवधिको बाकी पारिश्रमिक पनि छिट्टै दिइने प्रिन्सिपल तथा सु.प एन-प्याब्सनका अध्यक्ष श्यामसिंह मौनीले बताउनु भयो ।
लकडाउनले कर्मचारी समस्यामा परेका हुँदा विद्यालयले तलब दिएको उहाले बताउनु भयो । उनले थप्दै भने ” एन-प्याब्सनका अन्य स्कुलहरुलाइ पनि शिक्षक – शिक्षिका तथा कर्मचारीलाई तलब दिन भनेर छिट्टै निर्देशन दिन्छौं ।”
कंचनपुरका अन्य स्कुलमा कार्यरत कर्मचारीहरुले एक हप्ता भित्र, कम्तीमा पनि तीन महिनाको तलब नदिइए आन्दोलनमा जाने चेतावनी दिइएको ISTU कंचनपुरका अध्यक्ष धनन्जय जोशीले बताउनु भयो ।