काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ जना नेताले संयुक्त रुपमा राजीनामा दिएका छन् । पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहँदैआएका पूर्व मन्त्री सुनीलबहादुर थापासहितका नेताले शनिबार एकसाथ राजीनामा घोषणा गरेका हुन् । पार्टीलाई सिद्धान्त, पद्धति र विधिअनुसार चलाउन आग्रह गर्दा नेतृत्व तहबाट त्यसको पालना नभएको भन्दै नेताहरुले एकसाथ राजीनामा दिएको प्रवक्ता किरण गिरीले बताउनुभयो । प्रवक्ता गिरी स्वयम् पनि राजीनामा दिने सूचीमा हुनुहुन्छ ।
पार्टीका तीन जना अध्यक्षलाई सम्बोधन गरेर राजीनामा पेश गरिएको छ । राजिनामा दिने नेताहरु प्रायः सबै केन्द्रीय तहका नेताहरु हुनुहुन्छ । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका सुपुत्र सुनिलबहादुर थापा (धनकुटा), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), पदमबहादुर बस्नेत (धनकुटा), आशाराम चौधरी (कैलाली), किरण गिरी (काठमाडौं), लगायत हुनुहुन्छ । पार्टी परित्यागको घोषणा गरेका नेताहरु आन्तरिक छलफलमा रहेकाले तत्काल नयाँ पार्टी जन्माउने कि कुनै विचार मिल्ने पार्टीमा प्रवेश गर्नेबारेमा छलफल भइरहेको प्रवक्ता गिरीले बताउनुभयो ।
राजिनामा