समाजवादी होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघ नेपालको तेस्रो विशेष अधिवेशन सम्पन्न

मुकेश कुशवहा

समाजवादी होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघ नेपालको तेस्रो विशेष अधिवेशन सम्पन्न भएको छ ।
अमृत भोग पार्टी प्लालेस डिल्लीबजारमा सम्पन्न उक्त अधिवेशनको प्रमुख अतिथिमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा समाजवादी ट्रेड युनियन महासंघ नेपालको अध्यक्ष नवराज दाहाल र विशेष अतिथि जेटीयुसीसी का महासचिव लालकुमार लामा र मधेसी ट्रेड युनियन महासंघका अध्यक्ष पल्टन ठाकुर रहनुभएको थियो ।
यसैगरी अतिथिमा महासंघका पदाधिकारीहरु रहेका थिए । उक्त अधिवेशन कार्यक्रममा शुभकामना मनतव्य दिदैँ महासंघका महिला उपाध्यक्ष सुनिता देवी बरालले हरेक श्रम क्षेत्रमा महिला श्रमिक लाई विभेद गरेको बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष मोलम लामाले राष्ट्रिय राजनीतिमा वैचारिक संकट पैदा भएको र नेपाली जनता राजनीतिमा वितृष्णा जागेको जसका कारण पुजिपतिहरुले टाउका उठाएको श्रमिकहरु मर्कामा परेको बताएका थिए ।
कार्यक्रमा प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा महासंघ अध्यक्ष नवराज दाहालले सत्ताका वरिपरि रहेका ट्रेड युनियनले श्रमिकको हित नगर्ने र अबको वैकल्पिक ट्रेड युनियन भनेको समाजवादी ट्रेड युनियन नै भएका प्रष्ट पारेका थिए । जनता समाजवादी पार्टीमा अहिले पनि तीनवटा ट्रेड युनियन रहेको र तीनवटै वैधानिक रहेको र आवश्यक परे तीनवटै ट्रेड युनियनको कार्यगत एकता गरि श्रमिक वर्गको मुक्तिको लागि संघर्ष गर्ने उद्घोष गरेका थियो ।
शुभकामना दिदैँ विशेष अतिथिहरुले श्रमिकको हितका निम्ति एकता भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सभापति केशवराज अधिकारी र सञ्चालक गोपाल कार्की रहेका थिए भने स्वागत मनतव्य किशोर देउलाले दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्