सुदूरपश्चिममा ३२ जनामा कोरोना पुष्टि, कुन स्थानीय तहका कति ?

सुदूरपश्चिमा मंगलबार थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ३२ जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा कञ्चनपुरका २० जना, कैलालीका ४ जना, बझाङका ४ जना, डोटीका समेत ४ जना गरी ३२ जनामा कोरोना पुष्टि भएको हो । जसमा कञ्चनपुरको बेदकोट नगरपालिकाका ४ महिला र ७ पुरुष गरी ११ जना रहेका छन् । यस्तै शुक्लाफाँटा नगरपालिकाका १ महिला र ५ पुरुष गरी ६ जना र लालझाडी गाउँपालिकाका ३ पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी गोदावरी नगरपालिकाका कैलालीका १ महिला र २ पुरुष गरी ३ जना रहेका छन भने बझाङको जयपृथ्वी नगरपालिकाका २ महिला, १ पुरुष र छविसपाथिभराका १ पुरुष गरी ३ जना रहेका छन् । यस्तै डाेटीका ३ जना र कैलालीका १ जनाकाे स्थानीय तह उल्लेख गरीएकाे छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्