एक वर्षमा सर्वोच्च अदालतबाट १५ सय ६६ मुद्दाको फर्छ्यौट

;jf]{Rr cbftnsf d''Vo /lh:6«f/ lg/f}nf sf7df8f}F, @ ;fpg M ;jf]{Rr cbfntdf z''qmaf/ cfly{s jif{ @)&^–)&&df ;Dkflbt sfo{x?sf] hfgsf/L ug{ cfof]lht kqsf/ ;Dd]ngdf af]Nb} ;jf]{Rr cbftnsf d''Vo /lh:6«f/ g[kWjh lg/f}nf . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं – सर्वोच्च अदालतमा गत आर्थिक वर्षमा मुद्दाहरुको फर्छ्यौट पछिल्लो बर्षको भन्दा २ दशमलव ४३ प्रतिशतले बढेको छ ।

आर्थिक बर्ष २०७७/०७८ मा भएका कामहरुको बिवरण सार्वजनिक गर्दै सर्वोच्च अदालतले गत बर्षमा पछिल्लो वर्ष भन्दा १५ सय ६६ मुद्दाहरु बढी फर्छ्यौट भएको जनाएको छ । सो अवसरमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले कोभिड १९ महामारीबाट उत्पन्न प्रतिकूल अवस्थामा पनि मुद्दा फैसलाको संख्या बढेकोमा खुसी व्यक्त गरे ।

हाल फर्छ्यौट हुन बाँकी मुद्दाहरुको कूल संख्या १ लाख २२ हजार ४ सय १९ रहेको छ । गत आर्थिक बर्षमा कूल १ लाख १ हजार ९ सय २७ मुद्दाहरु फैसला भएका थिए । सो आर्थिक वर्षमा लगत कायम भएका ४३ हजार ५८ मुद्दाहरु मध्ये २३ हजार १ सय ३० फैसला भएको बताइएको छ ।

सर्वोच्चले कोभिड १९ ले पारेको प्रभावलाई सम्बोधन गर्न बन्दाबन्दीको अवधिलाई न्यायिक काम कारवाहीको सम्बन्धमा शून्य अवधि घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्