रिक्त दुई एआईजी पदमा डीआईजीद्वय शाही र कार्की सिफारिस

काठमाडौँ — सरकारले रिक्त दुई एआईजी पदमा डीआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्‍न कार्कीलाई सिफारिस गरेको छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बढुवा समितिले शाही र कार्कीलाई एआईजीमा सिफारिस गरेको हो। शाही प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय र कार्की प्रहरी प्रधान कार्यालयकै विशेष व्यूरोमा कार्यरत छन् ।

बढुवा सिफारिस भएका शाहीले ७१.४९६१ र कार्कीले ६८.७२६७ अंक पाएका छन् । दुवैजना असार २५ गते महानिरीक्षकमा बढुवा भएका शैलेश थापा क्षत्रीका ब्याजी हुन् । दुवैजना २०४९ वैशाख १९ गते निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

२०५८ फागुन १० मा डिएसपी, ०६७ मा पुस २० मा एसपी, ०७४ साउन १९ मा एसएसपी र ०७५ असोज २८ गते डीआईजीमा बढुवा भएका थिए । महानिरीक्षकमा शैलेश थापाको बढुवा भएपछि १ र अर्का एआईजी तारिणीप्रसाद लम्सालले अनिवार्य अवकाश पाएपछि अर्को एआईजी पद रिक्त थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्