काठमाडौँ – बाख्रा चराउने क्रममा गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका–४ रानीशिखर, काँडापारीकी जयन्ती ठगुन्नालाई भेट्न नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू ट्रमा सेन्टर पुगेका छन् ।
घाइते ठगुन्नालाई भेटेर सांसद बडूले आगमी उपचारका लागि सहज वातावरण मिलाउने प्रतिबद्धता जनाए । बडू सँगै उनका स्वकीय सचिव केसर भण्डारी पनि ट्रमा सेन्टर पुगेको थिए ।
बाख्रा चराउने क्रममा माथिबाट आएको ढुंगाले जयन्ती गम्भीर घाइते भएकी थिइन् । उनका दुइटै खुट्टा र एउटा हात भाँचिएको थियो । घाइते भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचार नभएपछि उनलाई ट्रमा सेन्टर काठमाडौँ रिफर गरिएको थियो । जयन्तीको उपचारको लागि आर्थिक सहयात संकलन अभियान समेत चलाइएको थियो ।