गण्डकीमा थपिए १७ जना कोरोना संक्रमित

पोखरा – गण्डकीमा १७ जना कोरोना संक्रमित थपिएका छन् । १७ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ११ सय १३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार पोखराका १ जना महिला, लमजुङका ११ र बागलुङका ५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमा क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पोखरामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्