बाजुरामा एकै दिन ४१ जनामा कोरोना संक्रमण

देबराज पाध्याय
बाजुरा – बाजुरामा आज थप ४१ जनामा कोरेना संक्रमित पोजेटीभ भेटीएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ ।
कोरोना संक्रमित पोजेटीभ देखिएका सबै जना बडिमालिका नगरपालिका का रहेका छन् तर संक्रमितहरु कुन–कुन क्वारेन्टाइनका हुन् भनि जानकारी आउन बांकी रहेको छ । संक्रमित मध्य १६ जना महिला र २५ जना पुरुष रहेका छन् ।

४१ जना थपिए संगै अहिले बाजुरामा कोरोना संक्रमित को संख्या ६२ जना पुगेको छ । बाजुरामा संक्रमितको संख्या दिनानु दिन बढेसंगै बाजुरा बासीमा त्रास फैलिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्