राष्ट्रपतिले प्रमाणीकरण गरिन् संविधान संशोधन विधेयक, नयाँ नक्साले पायो संवैधानिक मान्यता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणिकरण गरेकी छन् ।

राष्टिपतिले प्रमाणीकरण गरेसँगै नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । दुबै सदनबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै उक्त विधेयक अब संविधानको अंग बनेको छ । उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्