एनपीएलमा आज विराटनगर र लुम्बिनी भिड्दै, विराटनगरलाई जित्नैपर्ने दबाब

 

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार एउटा खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।

लिग चरणको अन्तिम खेल खेल्न लागेका दुवै टोलीका लागि आजको खेल फरक महत्त्वको रहेको छ। लुम्बिनी लायन्सले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने विराटनगर किंग्सका लागि प्लेअफ यात्रा कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ।

लुम्बिनीले खेलेका ६ खेलमध्ये चारमा जित र एक खेलमा अंक बाँड्दै कुल ९ अंक जोडेको छ। अंकतालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेलमा तुलनात्मक रूपमा दबाबरहित मैदान उत्रनेछ।

यता, विराटनगर ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ। प्लेअफको सम्भावना जीवित राख्न विराटनगरलाई लुम्बिनीविरुद्ध जित निकाल्नु अनिवार्य छ। त्यसैले आजको खेल विराटनगरका लागि गर या मरको अवस्थामा रहेको छ।

लिग चरणको अन्तिम खेल भएकाले दुवै टोलीबीचको प्रतिस्पर्धाले प्लेअफ समीकरणमा समेत महत्त्वपूर्ण प्रभाव पार्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्