काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई नियुक्त गरेको छ।
नेपाल सरकारका ११औँ तहका अधिकृत डा. सुवेदीले शुक्रबार मन्त्रालयबाट नियुक्तिपत्र बुझेका हुन्।
यसअघि नेपालगञ्जस्थित भेरी अस्पतालको निर्देशकका रूपमा काम गरिसकेका डा. सुवेदी पछिल्लो समय वीर अस्पतालमा कार्यरत थिए।
भक्तपुर क्यान्सर अस्पतालका यसअघिका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेलाई डेढ महिनाअघि जिम्मेवारीबाट हटाइएपछि उक्त पद रिक्त रहँदै आएको थियो। सोही रिक्त पदमा मन्त्रालयले डा. सुवेदीलाई नियुक्त गरेको हो।
नियुक्तिपत्र बुझिसकेका डा. सुवेदीले अस्पतालमा पुगेर संस्थाको विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी काम गर्ने बताएका छन्।




