एनपीएलमा आज विराटनगर-जनकपुर र लुम्बिनी-पोखराबीच प्रतिस्पर्धा हुँदै

default

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। तीन खेल खेलेको विराटनगरले एक खेलमा जित निकाल्दा दुई खेलमा हार बेहोरेको छ। समान तीन खेल खेलेको जनकपुरले भने दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ। आजको खेल जित्दै दुवै टोली आफ्नो स्थिति थप मजबुत बनाउने लक्ष्यमा हुनेछन्।

आजको दोस्रो खेल साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ। दुई खेल खेलेको लुम्बिनीले एक खेलमा जित निकालेको छ भने वर्षाका कारण चितवन राइनोजसँगको खेल रद्द भएपछि दुवै टोलीले एक-एक अंक बाँडेका थिए। लुम्बिनीले उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो।

पोखरा एभेन्जर्सले भने यसअघिका दुवै खेलमा हार बेहोरेको छ। आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हात पार्ने लक्ष्य पोखराको हुनेछ। एनपीएलअन्तर्गत हिजो भएका दुई खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौँ गोर्खाज विजयी भएका थिए। आठ टोली सहभागी तेस्रो संस्करणको एनपीएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्