एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई जनही पाँच लाख धरौटीमा छाड्न आदेश

ललितपुर – जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले आज दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। मुद्दा दर्ता भएपछि फरार रहेका अध्यक्ष नेम्वाङ र महासचिव राई आज अदालतमा उपस्थित भई बयान दिएका थिए।

उनीहरूविरुद्ध फिफा विश्वकप छनोटअन्तर्गतको खेल बहराइनमा सार्ने क्रममा मिलेमतो गरेको, टिकट बिक्रीबाट प्राप्त रकम अपचलन गरेको तथा आर्थिक कार्यविधिविपरीत खेलकुद सामग्री खरिद गरी अनियमितता गरेको आरोप लगाइएको छ।

यसअघि यही प्रकरणमा प्रतिवादी बनाइएका एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी १५ लाख रुपैयाँ र लेखा अधिकृत सञ्जीव पाण्डे १२ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्