काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
आज प्रतियोगितामा एक मात्र खेल हुने तालिका रहेको छ। पोखरा एभेन्जर्सले यस संस्करणमा पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम रोयल्स दोस्रो खेलमा मैदान उत्रँदैछ।
उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स साविक विजेता लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो। त्यसैले सुदूरपश्चिम आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। पोखरा भने पहिलो खेलमै जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने प्रयासमा रहनेछ।





