पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद्को आपत्ति

काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न खोजिएको घटनाप्रति विश्व हिन्दु परिषद् नेपालले आपत्ति जनाएको छ। परिषद्को मठ–मन्दिर, अर्चक तथा पुरोहित विभागले विज्ञप्ति जारी गर्दै मन्दिरको संरक्षण र दोषीमाथि कारबाहीको माग गरेको हो।

विभागका राष्ट्रिय अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा व्यापारिक प्रयोजनका लागि ऐतिहासिक धार्मिक सम्पदा नष्ट गर्न खोज्नु धार्मिक अल्पसङ्ख्यकको अधिकारमाथिको प्रहार भएको उल्लेख छ। स्थानीय हिन्दु समुदाय र नागरिक समाजको विरोधपछि प्रशासनले मन्दिर भत्काउने कार्य रोकेको र स्थललाई सिल गरी सरकारी निकाय इभाकुई ट्रस्ट प्रपर्टी बोर्डको नियन्त्रणमा राखेको जनाइएको छ।

परिषद्ले मन्दिरको पूर्ण जीर्णोद्धार गर्न तथा घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै, पाकिस्तान सरकार, संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूको ध्यानाकर्षण गराउँदै विश्वभरका हिन्दु धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि ऐक्यबद्धता जनाउन अपिल गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्