काठमाडौँ । बङ्गलादेशका ब्याटिङ अलराउन्डर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। लुम्बिनीले उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ।
बायाँहाते आक्रामक ब्याटिङ गर्ने र दायाँहाते अफ स्पिन बलिङ गर्न सक्ने २६ वर्षीय शमीम सन् २०२० मा बङ्गलादेशले यू-१९ विश्वकप जित्दा टोलीका सदस्य थिए। उनले सन् २०२१ मा जिम्बाब्वेविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए।
शमीमले सन् २०२४-२५ को बङ्गलादेश प्रिमियर लिगमा चिट्टागङ किङ्सबाट खेल्दै ३५२ रन बनाएका थिए। एनपीएल उनको पहिलो विदेशी लिग हुनेछ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ।




