बझाङ – बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५० वर्षीय जोशी शुक्रबार दिउँसो खर काट्ने क्रममा भीरबाट लडेर चट्टानमा बजारिँदा गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइते जोशीको उद्धारका लागि हेलिकोप्टर बोलाइएको थियो। तर, हेलिकोप्टर आइपुग्नुअघि नै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
जोशी लगातार दुई कार्यकाल वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँ २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेकपा (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।




