नेपाल टेलिकमको दसैँ-तिहार अफर सार्वजनिक, इन्टरनेट जडानमा ५०० रुपैयाँ छुट

काठमाडौं – नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत नयाँ फाइबर इन्टरनेट जडान गर्ने ग्राहकले ५०० रुपैयाँ छुट पाउने भएका छन् भने वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप इन्टरनेट सेवा प्राप्त गर्नेछन्।

नेपाल टेलिकमका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटिटिएच इन्टरनेट जडान गर्ने ग्राहकले जडान शुल्कमा ५०० रुपैयाँ छुट पाउनेछन्। त्यस्तै, १००, १५० र २०० एमबिपिएस क्षमताका वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले १२ महिनाको शुल्कमा १३ महिना इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्।

मोबाइल सेवातर्फ पनि टेलिकमले विभिन्न आकर्षक प्याकेज ल्याएको छ। कम्पनीले ४९९ रुपैयाँमा दैनिक पाँच जिबी र ६९९ रुपैयाँमा दैनिक १० जिबी उच्चगतिको डाटासहितका अनलिमिटेड प्याकेज उपलब्ध गराएको छ।

त्यसैगरी, २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेट कल सुविधा र ९९ रुपैयाँमा नेपाल टेलिकमको नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने प्याकेजसमेत सार्वजनिक गरिएको छ। कम्पनीले चाडपर्वको समयमा ग्राहकलाई सहुलियत दरमा इन्टरनेट तथा मोबाइल सेवा उपलब्ध गराउने उद्देश्यले उक्त अफर ल्याएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्