बुढीगण्डकी नदीमा लेदोसहित ठूलो बाढी, त्रिशूली दोभानसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौँ– बुढीगण्डकी नदीमा आइतबार बिहानदेखि लेदोसहितको ठूलो बाढी आएपछि त्रिशूली दोभानसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले बिहान ६ः४० बजे सूचना जारी गर्दै गोरखाको चुमनुब्री गाउँपालिका-६ बाट बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको जनाएको हो। घटनाबारे बुझ्न नेपाली सेनाको टोली त्यसतर्फ जाँदै छ। हेलिकप्टर पनि पठाउने तयारी गरिएको छ। केहि घर बगाएको आशंका गरिएको छ ।

महाशाखाले बाढीको बहाव नघटेसम्म त्रिशूली दोभानसम्म नदी किनारमा नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरेको छ। नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्