कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयन दर्तामा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

सभापति पदका लागि मनोनयन दर्ता मंगलबार दिउँसो साढे १२ बजेदेखि साँझ ६ बजेसम्म चलेको थियो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने कार्यतालिका रहेको छ।

महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा पनि मंगलबार उम्मेदवारी दर्ता भएको छ। निर्वाचन समितिले उम्मेदवारी दर्तापछि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्