काठमाडौं । बुधबार राति पक्राउ पर्नुभएका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। उहाँलाई यसअघि जिल्ला सरकारी वकिलको कार्यालयमा समेत उपस्थित गराइएको थियो।
जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
श्रेष्ठको पक्राउप्रति पत्रकार तथा सञ्चार क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरूले आपत्ति जनाउँदै उहाँको तत्काल रिहाइको माग गरेका छन्। उहाँको रिहाइको माग गर्दै पत्रकार महासंघलगायत पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शनसमेत गरिरहेका छन्।



