चुनावबाट कांग्रेस नआत्तिन्छ, नआस्था बेचेर गठबन्धन गर्छ: गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको नाममा कसैले तर्साउन खोजे पनि नेपाली कांग्रेस चुनावबाट नआत्तिने बताएका छन्। बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस सत्ता केन्द्रित नभई समाज र सिद्धान्तमा आधारित पार्टी भएकाले कुनै पनि चुनावबाट डराउने अवस्था नरहेको बताए।

थापाले शक्तिको वा सत्ताको प्रतिस्पर्धा मात्र राजनीति नभएको उल्लेख गर्दै बीपी कोइरालाले देखाएको सिद्धान्त र आदर्शलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। चुनाव हार्ने डरले आस्था र सिद्धान्तसँग सम्झौता गरेर समाजले स्वीकार नगर्ने गठबन्धनको राजनीति कांग्रेसले नगर्ने स्पष्ट पार्दै उनले पार्टीको पहिलो प्राथमिकता नागरिकको विश्वास जित्नु रहेको बताए। साथै, सत्ताभन्दा समाजसँग जोडिएको कांग्रेस निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्