नयाँ बसपार्कको गेस्ट हाउसमा सुदूरपश्चिमकी एक युवती मृत भेटिइन्, हत्या आशंकामा अनुसन्धान

सांकेतिक तस्बिर

काठमाडौं – काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा रहेको एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। कोठाबाट दुर्गन्ध आएपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो। प्रहरीका अनुसार आइतबार गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनुवार मृत अवस्थामा भेटिएकी हुन्। उनी कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी क्षेत्रमा बस्दै आएकी थिइन्।

घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा मृत्यु शंकास्पद देखिएकाले हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ। पोस्टमार्टम प्रतिवेदन र घटनास्थलबाट संकलित प्रमाणका आधारमा घटनाको वास्तविक कारण खुल्ने प्रहरीको विश्वास छ। जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाका सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्