हङकङमा लडेर पूर्वप्रधानमन्त्री देउवाको हात भाँचियो

 

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा लडेर घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको स्रोतले जनाएको छ।

देउवानिकट स्रोतका अनुसार उपचारपछि उनी स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र चिकित्सकको निगरानीमा आराम गरिरहेका छन्।

पछिल्लो समय हङकङमा बस्दै आएका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग विभिन्न स्थानमा हिँडडुल गरिरहेको भिडियो पनि सार्वजनिक हुँदै आएको छ।

देउवा २०८२ चैत ७ गते थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी २०८२ फागुन १३ गते राति सिंगापुर एयरलाइन्समार्फत स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए।

देउवाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेको स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्