पहिरो हटेपछि नागढुंगा-मुग्लिन र मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

FILE PHOTO

काठमाडौं – गएरातिको वर्षापछि विभिन्न स्थानमा खसेको पहिरोका कारण अवरुद्ध भएका नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन्। प्रहरीका अनुसार सडकमा खसेको पहिरो हटाएपछि दुवै सडकखण्डमा सवारीसाधनको आवागमन दुईतर्फी रूपमा सुचारु भएको छ। यससँगै राजधानी भित्रिने र बाहिरिने यात्रुले राहत पाएका छन्।

यता, भक्तपुर–काभ्रेपलाञ्चोकको सीमास्थित साँगा क्षेत्रमा पनि पहरो खसेको भए पनि त्यसले सवारी आवागमनमा कुनै अवरोध नपारेको प्रहरीले जनाएको छ। यद्यपि, कान्ति लोकपथ भने अझै अवरुद्ध रहेको छ। सडक खुलाउने प्रयास जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकाबाट भित्रिने तथा बाहिरिने अन्य सबै प्रमुख नाकामा सवारी आवागमन सामान्य अवस्थामा रहेको छ। वर्षायामका कारण पहिरोको जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्