काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकमा पार्टीका केही नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी पुनर्गठन गर्न माग गरेका छन ।
अध्यक्ष ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकमा धारणा राख्ने केहि नेताहरुले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न अध्यक्षलाई सुझाव दिएका हुन् ।
केहि नेताहरुले भने वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन् । आजको बैठकमा महासचिवदेखि तीनजना उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
शुक्रबारको बैठकमा भएका छलफल अतिरञ्जित ढंगले बाहिर आएको भन्दै बैठकमा हुने छलफल र बहसलाई स्वभाविक रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।
भोलि आइतबार सचिवालयको बैठक पुनः बस्ने र बाँकी चार जना सचिवहरुले धारणा राखेपछि अध्यक्षको जवाफसंगै बैठक सम्पन्न हुने कार्यक्रम रहेको छ ।
नेपाल टेलिभिजन






