थानकोटमा घरायसी विवादपछि चक्कु प्रहार, एक जनाको मृत्यु

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोट क्षेत्रमा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमद ले आफ्नै सालो नाता पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरी माथि तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् ।

घटनामा गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं का प्रवक्ता पवन भट्टराई का अनुसार घटनामा संलग्न समी अहमदलाई प्रहरी वृत्त थानकोट ले नियन्त्रणमा लिएको छ । प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्